पथरी - मोरङ क्षेत्र नं ३ का जनताले अत्याधिक बहुमतका साथ विजयी नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा.सुनिल कुमार शर्माले यतिवेला पूर्वी मोरङका विभिन्न पालिकाका विकास निर्माणका लागि पहल गर्न दौडाहामा निस्किएका छन्।
केही दिन यता आफ्ना मतदाताको घरदैलोमा पुगेर विकास निर्माण र पूर्वाधारहरूका लागि माग र ज्ञापन पत्र ग्रहण गर्दै जनताको सामाजिक समस्याहरू संकलन गरिरहेका हुन्।
दौडाहाकै क्रममा उहाँले पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी, सुन्दर हरैंचा, लेटाङ्ग, लगायतका विभिन्न बालिकाहरूका जनगुनासो र मागहरूलाई संबोधन गर्ने वचनबद्धता र पहल गरीरहेको सन्देश दिई रहेका छन्।
यसैबिच, आज पथरीशनिश्चरे वडा न. १ मन्दिर लाइनमा आयोजित एक कार्यक्रममा संघीय सडक डिभिजन कार्यालयबाट २ करोड ६० लाख रुपैयाँ बजेट प्राप्त भएकाले हाल मन्दिरलाईनदेखि बुद्ध चोक सम्मको सडक पुन: निर्माणको काम भैरहेको जनाउनु भयो।
उक्त कार्यको सवालमा स्थानीयसँग सरसल्लाह र परामर्श गर्नुका साथै संघीय सडक डिभिजन कार्यालयको हाकिम र प्राविधिक सहित डाक्टर शर्माको टोलीले आज अनुगमन तथा निरीक्षण गरेको थियो।
सोहि टोलीसित वडा नं ३ को मुख्य सडकमा स्तरोन्नतिका लागि स्थानियले माग पत्र गरेका थिए।
उक्त अवसरमा प्रदेश सांसद्वय मान बहादुर लिम्बु र गीता तिम्सिना, सबडिभीजन कार्यलयका प्रमुख राजेन्द्र शाह , नेपाली काँग्रेस मोरङ जिल्ला सचिव ललीत श्रेष्ठ, मोरङ -३ का नेका क्षेत्रीय सभापति गणेश खड्का, महासमिति सदस्य नगेन्द्र वहादुर सुब्बा, लोकनाथ खरेल लगायतको उपस्थिति रहेको माननीय प्रदेश सांसद मान बहादुर लिम्बुका स्वकीय सचिव सुमन विकले जानकारी दिए।




















