कञ्चनपुर - नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसहित दर्जनौं नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
बिहिबार एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा नेकपा एसका केन्द्रीय सदस्य लोकबिक्रम थापाको नेतृत्वमा पार्टीका कञ्चनपुर र सुदुरपश्चिम प्रदेशका प्रभावशाली नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।
प्रवेशीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।
नवप्रवेसी नेताहरुलाई स्वागत गर्दै अध्यक्ष ओलीले सही निर्णय गरेको भन्दै बधाई दिएका थिए । ओलीले एमाले मात्रै सही पार्टी रहेकोले दुविधा वा भ्रममा नपरी फर्कन आह्वान गरे ।
नेकपा एस पार्टीको औचित्य सकिएको र एमालेको विकल्प नरहेको निश्कर्षसहित पुरानो घरमै फर्किएको नवप्रवेसी नेताहरुले बताए ।




















