सिन्धुली —  सिन्धुलीमा नेकपा (माओवादी केन्द्र)का दुईदर्जनभन्दा बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।   शनिबार नेकपा एमालेको कमलामाई–१२ वडा कमिटीद्वारा  आयोजित एक कार्यक्रममा उनीहरु  प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रका स्थानीय नेता खिलबहादुर चौहानको नेतृत्वमा दुईदर्जन भन्दा बढी कार्यकर्ता एमालेमा सामाहित भएको पार्टीका जिल्ला कमिटी उपाध्यक्ष कर्ण घिसिङले बताए ।

उनका अनुसार एमालेमा समाहित हुनुहुनेहरूमा माओवादी केन्द्रका कार्यकर्ताहरू रविन्द्र खपाङ्गी मगर, कुलबहादुर मगर, दिलबहादुर थिङ, लालबहादुर घिसिङ, कुवेर भुजेल, खेमबहादुर बिक, सन्तबहादुर भुजेल, फडिन्द्र चौहान, प्रेमबहादुर राना, सोमबहादुर सार्की, चन्द्रबहादुर सार्की, डोरबहादुर बुढाथोकी, तिलक हायू, मित्रमाया हायू, सितामाया हायू, रामबहादुर कार्की, एकलाल विक, भुवन बिक, कर्णबहादुर खपाङ्गी, चेतबहादुर खपाङ्गी लगायत छन ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य मनोजजंग थापाले नेपालमा फेरि बामपन्थी पार्टीहरू बीच ध्रुवीकरण बढिरहेको र एमालेलाई नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा स्वीकारगर्दै अहिले देशैभर प्रवेशको लहर बढिरहेको बताए ।

नवप्रवेशीको तर्फबाट  खिलबहादुर चौहानले सिन्धुली माओवादी केन्द्रमा बसेर बर्गीय मुक्ति सम्भव नदेखेको बताए  ।उनले सिन्धुलीका माओवादी केन्द्रका सम्पूर्ण नेताकार्यकर्तालाई नेकपाको निरन्तरको रूपमा एमालेमा संगठित हुन अपील गर्नुभयो । कार्यक्रममा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ, नेताहरू खड्गबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो ।