काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने संकल्प बाेकेर हिँडेकाे पार्टी भएकाे बताएका छन् ।
बुधबार काठमाडौंका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले देश बदल्ने उद्देश्यसाथ हिँडेकाे एमाले अवसर छाेपिहाल्ने पार्टी नभएकाे प्रष्ट पारे ।
अध्यक्ष ओलीले भने - 'एमाले यताबाट यति टिपाैं भन्ने खालकाे, अवसर छाेपेर यति टिपाैं भन्ने खालकाे पार्टी हाेइन, याे देश बदल्ने उद्देश्यसाथ हिँडेकाे, महान् उद्देश्य बाेकेर हिँडेकाे पार्टी हाे, त्यसकारण यसले अवसर छाेपिहालाैं, यति लिइहालाैं भन्ने साेच भएकाे पार्टी हाेइन, याे देश बनाउने संकल्प बाेकेर हिँडेकाे पार्टी हाे, त्यसकारण यसले त्यस उद्देश्यलाई सफल पार्ने काम गर्छ ।'
काेही पनि एकैपटक ठूलाे व्यवसायी र उद्याेगी नबनेकाे भन्दै उहाँले उद्यमशिलतामा लाग्न नेता-कार्यकर्तालाई सुझाए । अध्यक्ष ओलीले उत्पादनका क्षेत्रमा, जीवन निर्वाहका क्षेत्रमा, स्वास्थ्य चेतना, शिक्षा चेतना, उत्पादन चेतना सबै चेतनाकाे अभियन्ता र नायकत्व एमालेले लिनुपर्ने बताए । यसकाे तयारीका लागि तयार हुन नसक्नेलाई तालिम लिन समेत आग्रह गरे ।
हरेक अभिभावकले आफ्नाे भूमिका जिम्मेवारपूर्व निभाउने सन्तानलाई सही विचार बुझाउनुपर्ने बताए ।
उनले कांग्रेस सरकारबाट बाहिरिएपछि मसालका महामन्त्री मोहनविक्रम सिंह छाती पिटीपिटी रोहिरहेको टिप्पणी पनि गरेका छन् । ‘एकजना आफूलाई कम्युनिष्ट भन्ने पुराना नेता छन् । तपाईंहरुले पनि चिन्नुहुन्छ होला मोहनविक्रम सिंह नाम हो उहाँको । श्रीमतीलाई राष्ट्रिय सभामा पठाउन मोहनविक्रम सिंह कांग्रेसको पछि लागेको पनि आरोप लागाए ।





















