काठमाडौँ — मकवानपुरका एमाले नेता गुणराम रूम्बा नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन ।
शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा रूम्बाले पार्टी प्रवेश गरेका हुन् । मकवानपुर-काठमाडौँ सम्पर्क मञ्चका सचिव विष्णु रिजालकाअनुसार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रूम्बालाई स्वागत गरेका छन ।
त्यस्तै पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बल, पेशागत महासंघका महासचिव मानबहादुर स्याङ्तान, मकवानपर-काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष आशिष बललगायतले पनि रूम्बालाई पार्टीमा स्वागत गरेका थिए । व्यवसायी समेत रहनु भएका रूम्बा एमाले मकवानपुरका नेता हुन् ।




















