रोल्पा — रोल्पामा नेकपा एमाले र माओवादीका तीन दर्जननेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आइतबार त्रिवेणी गाउँपालिका रोल्पाको पालिका स्तरिय बैठकको अवसर पारेर उनीहरु प्रवेश गरेका हुन् ।
समाजवादी प्रेस संगठन, नेपालकी उपमहासचिव प्रतिज्ञा बुढा मगरकाअनुसार एमालेबाट २१ जना र माओवादी केन्द्रबाट ८ जना नेता कार्यकर्ताहरूले एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा रोल्पा इन्चार्ज हरीप्रसाद घर्तीसहित पार्टीका केन्द्रीय सल्लाकार सदस्य नेव बहादुर डाँगी, लुम्बिनी प्रदेश कमिटी सदस्य ललित बुढा मगर, युवा संघ नेपाल रोल्पाका सदस्य धनराज डाँगीलगायतले स्वागत गरेका थिए ।
पालिका कमिटी अध्यक्ष नन्दकिश्वर केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम जिल्ला कमिटीका उपसचिव गिता नेपालीले सञ्चालन गरेकी थिइन ।




















