बुटवल — नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागेको आरोप लागाएका छन् । ‘प्रचण्ड’ले संसदमा गृहमन्त्रीको वचाउको   विषयमा बोलेका कुरामा कुनै  सत्यता नभएको पनि बताए ।

नेपाली काँग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसको अवसरमा जीपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै द्वन्द्वकालीन घटनाका पीडितलाई नजरअन्दाज गर्न नसकिने भन्दै कोइरालाले अन्तर्राष्ट्रिय समुदायबाट यसबारेमा उठाइएका सवाल सुन्न माओवादी तयार छ कि छैन भन्ने प्रश्न गरे ।

कांग्रेसलाई दोष दिएर माओवादीले नयाँ गठबन्धन बनाएको तर्क गर्दै उनले वर्तमान सरकारमा विवादित व्यक्तिहरूले पनि ठाउँ पाएको जिकिर गरे । सहकारी ठगी प्रकरणमा मुछिएर उजुरीसमेत परेका गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ । कोइरालाले कांग्रेस अब एक्लै चुनाव लड्ने र कसैको वैशाखी नटेक्ने दाबी गरे ।

उनले सङ्क्रमणकालीन न्याय सम्बन्धित टीआरसीलाई राजनीतिक लेनदेनको विषय बनाउन नहुने प्रस्ट पारे । ‘काँग्रेसलाई दोष दिएर माओवादीले बनाएको यो नयाँ गठबन्धनले कुन धारमा टेकेर के के गर्छ त्यो हेर्दै जाँउ न, केही समयमा यो आफै नाङ्गिने छ’ नेता कोइरालाले भने।

कांग्रेसलाई दोष दिएर माओवादीले नयाँ गठबन्धन बनाएको तर्क गर्दै उनले वर्तमान सरकारमा विवादित व्यक्तिहरूले पनि ठाउँ पाएको जिकिर गरे । सहकारी ठगी प्रकरणमा मुछिएर उजुरीसमेत परेका गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ । कोइरालाले कांग्रेस अब एक्लै चुनाव लड्ने र कसैको वैशाखी नटेक्ने दाबी गरे ।

उनले महरा पक्राउ परेकै दिन सुनकाण्डका अन्य दोषीलाई भने धरौटीमा रिहा हुनु रहस्यमय रहेको दाबी गरे । नेता कोइरालाले कांग्रेस अब एक्लै चुनाव लड्ने र कसैकौ बैशाखी नटेक्ने दाबी गरे ।

कार्यक्रममा कांग्रेस नेताहरू डा गोविन्दराज पोख्रेल, गंगा शाही, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्व केन्द्रीय सदस्य बाबुराम राना, विष्णु पोखरेल,  लगायतले पनि सम्बोधन गरेका थिए ।