धरान — सुनसरीको धरानमा नेपाली सेनाका निवृत मेजर सहित ३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार पार्टी वडा नम्बर १३ को नवौँ बैठकका अवसरमा सेनाका निवृत मेजर बलराम राई प्रवेश गरेका हुन ।
त्यस्तै पार्टी प्रवेश गर्नेमा समाजसेवी रम्भादेवी रावल र पुर्व मेडिकल जमदार उदयकुमार श्रेष्ठ रहेका छन् । नव प्रवेशीहरुलाई एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राईले स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा एमाले धरान नगर कमिटी अध्यक्ष अध्यक्ष हर्कजङ्ग एभेङ, उपसचिव योगेशबावु काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
एमाले १३ नम्बर वडा कमिटीका अध्यक्ष दिवसप्यारा श्रेष्ठको अध्यक्षतामा भएको बैठकलाई सचिव विष्णु चौलागाईले सञ्चालन गरेका थिए ।





















