मोरङ — काठमाडौँ जान विराटनगर विमानस्थलमा पुग्दा अचेत भएर लडेका एक व्यक्तिको ज्यान गएको छ।
बिहीबार बिहान विराटनगर विमानस्थल पुगेका पाँचथर फिदिम नगरपालिका रानीटारका ६६ वर्षीय गंगाबहादुर गुरुङको मृत्यु भएको हो । बिहान करिब १० बजे विमानस्थलको टर्मिनल भवनमा बोर्डिङ पास लिन उभिरहेका थिए, लाइनमै गुरुङ लडेका थिए ।
गुरुङ अचानक लडेपछि प्रहरीको सहयोगमा उनका छोराले नजिकै रहेको नोबेल शिक्षण अस्पतालमा भर्ना गराएका थिए । अस्पतालमा चिकित्सकले चेकजाँच गर्दै गर्दा मृत घोषणा गरेका छन् ।


