काठमाडौं —   उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनमा १० दिन घुमघाम गरेर बिताउनेभएका छन् । गृहबाट परराष्ट्रतिर डेरा सारेका मन्त्री श्रेष्ठले मुलुककै बेइज्जत गर्दै चीन घुमघामममा १० दिन बताउन लागेका हुन्  ।

उनी  आइतबार चीन जाने कार्यक्रम रहेको छ । चिनियाँ बिदेशमन्त्री वाङ यीको निमन्त्रणमा मन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि आइतबार चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कति लामो भ्रमण हो ? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ ? २०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनु भएको थियो । दुनियाँले के भन्छ होला ? देशको प्रतिनिधित्व गरेपछि अलिकति त ख्याल गर्नुपर्ने होइन र ?’

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइए पनि को को सँग भेट हुने भन्ने सार्वजनिक गरिएको छैन । पररष्ट्र स्रोतले भने मन्त्री श्रेष्ठ चिनिया समकक्षीसँग भेटपछि चीनका बिभिन्न स्थानमा मुलुकको राष्ट्रिय ढुकुटीमा घुमघाम गरी १९ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

मन्त्री श्रेष्ठको चीनमा बसाइलाई लिएर सत्तारुढ दलबाट बिरोध भएको छ । यति लामो समय के गरेर बिताउने ? मुलुककै बेइज्जत त नगरौं न हो मन्त्रीज्यूभन्दै सत्तारुढ एमालेका नेताहरुले बिरोध गरेका हुन ।

मन्त्री श्रेष्ठको चीन भ्रमणलाई लिएर एमाले केन्द्रीय सदस्य बिष्णु रिजालले कति धेरै फुर्सत हो भन्दै आलोचना गरेका छन  । रिजालले फेसबुकमा लेखेका छन , ‘कति लामो भ्रमण हो ? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ ? २०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो । दुनियाँले के भन्छ होला ? देशको प्रतिनिधित्व गरेपछि अलिकति त ख्याल गर्नुपर्ने होइन र ?’

जनता टाइम्सबाट