दाङ — लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् ।प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो पौने दुई बजे शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि एमाले– माओवादीसहितको गठबन्धनले बहुमत जुटाएको छ । 

नवलपरासी पश्चिमबाट निर्वाचित स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले समर्थन गरेपछि ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखमबहादुर महरा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत गरेका छन् ।सबै सत्ता साझेदार दलबाट कम्तिमा एक–एक जनालाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

त्यसका लागि सत्ता साझेदार दलका नेताहरुबीच छलफल भइरहेको छ । लुम्बिनी प्रदेश ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।