काठमाडौं, २९ असार । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनर्दन शर्मा ‘प्रभाकर’ र पम्फा भुसाल मन्त्री बन्ने टुङ्गो लागेको छ । शर्मा अर्थ र भुसालले उर्जा मन्त्रालय सम्हाल्ने छन् ।
शर्माले माओवादीबाट आफू र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको जानकारी समेत दिए । ‘हाम्रो पार्टीबाट पहिलो चरणमा म पम्फाजी जाने निश्चित भएको छ’, शर्माले सुनाए, ‘मन्त्रालय भने टुंगो लागेको छैन । मन्त्रीहरुको शपथ अहिले केहीबेरपछि हुँदैछ ।
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् ।
यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनको मन्त्रालयको टुंगो लागिसकेको छैन ।




















