बारा — नेकपा एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्। आफ्ना प्रतिस्पर्धी टिना सुवेदीलाई पछि पार्दै पाण्डे जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

पाण्डेले ३७७ मतका साथ जित दर्ज गराउँदा सुवेदी ३४३ मतमा रोकिएको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए ।

त्यसैगरी , उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिए ।