काठमाडौँ —   पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई छाडिएको छ । प्रहरीले शाहीलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको केहिबेर मै छाडेको हो ।

सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौँ केन्द्रित जनप्रदर्शनलाई  निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने क्रममा भद्रकालीबाट शाही लगायत केही कार्यकर्ता पक्राउ परेका हुन् ।

शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको प्रहरीको भनाइ छ ।

प्रदर्शनकारी निषेधित सिंहदरबारतर्फ अघि बढ्न प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । भीड रोक्न प्रहरीलाई हम्मे हम्मे भएपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा  समेत  हानेको थियो । प्रहरीले बल प्रयोग गरेपछि राप्रपाको प्रदर्शन तितरबितर भएको थियो  ।