विराटनगर —   कोशी  प्रदेशसभाको अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ३१ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।

प्रदेशसभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाईभन्दा बढी सदस्यहरुको लिखित अनुरोधमा प्रदेश प्रमुख खापुङले वैशाख ६ गते बिहीबार दिनको १ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभा बैठक बोलाउन सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार, शुक्रबार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्। सोही दिन मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा आफ्नो बहुमत गुमेपछि अधिवेशन छल्दै आएका थिए । यसअघि एमालेको आडमा मुख्यमन्त्री बनेका कार्कीलाई एमाले समर्थन फिर्ता लिएको थियो ।