धरान — नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीको जेठ ५ देखि ७ गतेसम्म हुने आठौं अधिवेशनमा मजदुर शाखा कमिटी धरानबाट सर्वसम्मत प्रतिनिधि चयन गरिएकोछ ।
सर्वसम्मत निर्वाचित जिल्ला अधिवेशन प्रतिनिधिहरुमा लक्ष्मी बाँनिया क्षेत्री र मुक्तिनाथ गिरी रहेकाछन् ।
मजदुर क्षेत्रका ६७ जना पार्टीका संगठित सदस्यहरुको शुक्रबार सम्पन्न भेलाले दुईजना मजदुर नेताहरुलाई निर्विरोध चयन गरिएको हो ।
गिरी क्युपेक नेपालका केन्द्रीय उपमहासचिव हुन् भने बाँनिया नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय सदस्य हुन् ।
शान्तिपथमा भएको भेलामा नेकपा (एमाले) कोशी प्रदेशका सदस्य भीमज्वाला राईको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतिनिधि छनौटका लागि सहजकर्ताका रुपमा प्रगतिशील कर्मचारी संगठन कोशी प्रदेश सचिव महेश कोईरालाको उपस्थिति रहेको थियो । भेलाको अध्यक्षता मजदुर शाखा अध्यक्ष विकेश श्रेष्ठले गर्नुभएको थियो ।





















