काठमाडौं — उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौं न्युरोडमा काठमाडौं महानगरपालिकाले कानुनविपरित सडक तोडफोड गरेको बताएका छन् ।
शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो । फोहोर फाल्दै मेयर बालेन शाहले उपप्रधानमन्त्री महासेठको नाम लिँदै ठाडो आदेशमा काम रोकिदिएकाले ‘धुलो उपहार पठाएको’ बताएका छन् ।
काम नहुँदा सर्वसाधारण जनताले धुलो खानु परेको चक्रपथ विस्तारको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको थियो । सो बिषयमा प्रतिक्रिया दिँदै मन्त्री महासेठले महानगरले सडक तोडफोड गरेको भन्दै आपत्ति जनाए ।
‘कलंकीदेखि महाराजगजको कुरा व्यक्तिगत रुपमा सल्लाहका रुपमा लिएको छु । त्यसमा मेरो कुनै आपत्ती छैन । सुझावका रुपमा लिएको छु । तर, न्युरोडमा जुन क्रियाकलाव छ, त्यो काननुसम्मत छैन । यत्ति हो मेरो कुरा,’ मन्त्री महासेठले भने ।




















