विराटचोक — मोरङको सुन्दरहरैँचा -८ स्थित शिशिर एजुकेशनल एकेडेमीले तपाइको प्रतिभा ( योअर ट्यालेन्ट ) कार्यक्रम सुरु गरेको छ । एकेडेमीले शनिबार प्रिमियर शो गर्दै उक्त कार्यक्रम सुरु गरेको हो ।
प्रिमियर शोमा एक दर्जन भन्दा बढी विद्यार्थीहरु नृत्य तथा गायनमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । उक्त प्रिमियर शोमा सहभागि विद्यार्थीहरुलाई कार्यक्रमका अतिथिहरु खगेन्द्रप्रसाद पोखरेल,ज्ञानु खड्का, बद्री अर्याल लगायतले प्रशंशा पत्र प्रदान गरेका थिए ।
एकेडेमीका संचालक तीलक परियारको अध्यक्षतामा सम्पन्न भएको प्रिमियर शोमा एडूटेक कलेजका मार्केटिङ म्यानेजर रोहित शाह,बिबिएस कोअर्डिनेटर चेतनाथ आचार्य,प्लसटु कोअर्डिनेटर नविन श्रेष्ठ लगायतको पनि आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमलाई सुष्मिता कार्कीले संचालन गरेकी थिइन् ।
विद्यार्थीहरुको प्रतिभा प्रवर्दन गर्ने उदेश्यले कार्यक्रम सुरु गरिएको शिशिर एजुकेशनल एकेडेमीका संचालक तीलक परियारले जानकारी दिए । विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरुलाई प्रत्येक शनिबार आफ्नो आफ्नो अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरिने संचालक परियारले बताए ।
यो कार्यक्रममा सहभागि हुन् हप्ताको हरेक मंगलबार अडिशन चरण पार गरेर प्रत्येक शनिवार आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउने संचालक परियारले बताए । शिशिर एजुकेशनल एकेडेमीले सुन्दरहरैँचाका १२ वटै वडामा आउदो भदौ १० गतेदेखि अति विपन्न वर्गका करिव पाँच सय बालबालिकाहरुलाई नि:शुल्क ट्युसन कक्षा संचालन गर्ने प्रिमियर शो को कार्यक्रम मार्फत जानकारी दिएको छ ।





















