काठमाडौं, २७ साउन । नेपालले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने लक्ष्य लिएको छ । यसका लागि सरकारले विभिन्न पहलहरु थालिसकेको छ ।
यसै सन्दर्भमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ‘भिजिट नेपाल २०२०’ सफल बनाउन आवश्यक पहलकदमी अगाडि बढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विभिन्न आठ निर्देशन दिएका छन् ।
आज (सोमबार) विमानस्थलको निरीक्षणमा पुगेका मन्त्री भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई ८ बुँदे निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले विमानस्थल सुधार योजना अनुसार राति १२ बजेपछि उडान तथा अवतरण गर्ने वायुयान कम्पनीलाई विमानस्थलमा लाग्ने नेभिगेसन सेवा शुल्क एवं नेपाल वायुसेवा निगमबाट प्रदान गरिने ग्राउण्ड ह्यान्डलिङ सेवा शुल्कमा दिन सकिने सहुलियत रकम र यसबाट बढ्न सक्ने उडान संख्याको निक्र्यौल गर्न निर्देशन दिएका छन् । यस विषयमा अध्ययन गरी ७ दिनभित्र मन्त्रालयमा पेस गर्न मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।
यस्तै हवाई इन्धनको मूल्य अन्य विमानस्थलको तुलनामा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलममा सबैभन्दा महँगो रहेको गुनासो सम्बोधन गर्ने गरी सरोकारवाला निकायसँग पनि छलफल गरी आवश्यक कदम चाल्न उनले निर्देशन दिएका छन् ।
अनलाइन भिसा, रात्रिकालीन गुणस्तरीय ट्याक्सी सेवा, अध्ययनमा जाने विद्यार्थीबाट पनि पर्यटन वर्षको प्रचार–प्रसार गर्ने गरी डेडिकेटेड काउण्टर सञ्चालन गर्न समेत विमानस्थल कार्यालयलाई मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।
मन्त्री भट्टराईले बुटिक विमानस्थलको उद्घाटन समेत भिजिट नेपालको उद्घाटनसँगै गर्ने गरी काम गर्न मन्त्री निर्देशन दिएका छन् ।
यस्ता छन् मन्त्री भट्टराईका आठ निर्देशन




