सबैलाई थाहा छ नेपालको शक्तिशाली प्रधानमन्त्री रहेको बेला मैले गाली र तालि स्वीकार्दै उहाँको जमेर आलोचना गरेको छु । उहाँले उहाँको आफ्नो पार्टी एमाले विभाजन गरेर, त्यसलाइ बिगारेर बामाले बनाउँदा पनि सबै भन्दा सिधा सिधा विरोध गर्ने मै हुँ, एमालेको सँस्कार विगार्दै अध्यक्षलाइ बा भन्ने संस्कृति भित्राए पछि त्यो पार्टीको नाम बामाले राख्ने मै हुँ ।
मेरा ति आलोचना र निष्कर्ष प्रति दृढ छु तर फागुन -२१ को चुनावमा झापा -५ मा उहाँले कुनै हालतमा पनि जित्नु पर्छ भन्ने ठान्छु र झापा-५ का तमाम आमा बुवा दाजुभाई दिदिबहिनी सबैसंग उहाँलाई मत दिएर न्याय गर्न अनुरोध गर्छु । झापा -५ का तमाम जनताले सबै कुरा भुलेर पनि यो पटक केपी ओलीलाइ नै जिताउनु पर्छ भन्ने ठान्छु किन कि :
१. सवैभन्दा पहिलो र महत्वपूर्ण भनेको केपी ओलीले देश संचालन गर्दै गर्दा कति ठिक वा बेठिक ढंगले गर्नु भयो त्यसमा प्रयाप्त छलफल गर्न सकिन्छ तर, उहाँले देश जलाउने काम कहिल्यै गर्नु भएन
२. हो उहाँले आफ्नै दलको नीति विपरित गएर असंवैधानिक रुपमा संसद विगठन गर्नु भयो , त्यो गलत थियो र हामीले त्यस कामको खुलेर विरोध गर्यौं पनि तर उहाँको निर्णय असंवैधानिक हो भन्ने अदालती निर्णयलाइ स्वीकार्दै त्यसपछिको अवस्थाको सामना गर्नु भयो तर संविधानको खिलाफमा जानु भएन
३. हो असल कुशल र सकारात्मक सोचका साथ जेन जी युवाहरुले गरेको प्रदर्शन हुँदै गर्दा आम जनता युवाहरुको साथमा थिए , वहाँको साथमा थिएनन । जनता खुसि थिएनन तर जनता संसद भवन तोडने फोडने खालको आन्दोलनको हैन शान्तिपूर्ण आन्दोलनको पक्षमा थिए र त्यही हुन्छ भन्ने विश्वासका साथ सरकार प्रस्तुत भएको फाइदा लिएर जसरि आतंककारीहरुले हाम्रा नव युवाहरुलाइ मृत्युको मुखमा हाले त्यो सरकार र राजकीय निकायको सुचनामा पनि थिएन र योजनामा पनि थिएन । त्यसैले जे जसरि केपी ओली हत्यारा भन्दै उत्तेजना फैल्याएर देश जलाउने आधार तयार गरियो हो त्यही गराउने पात्र र प्रवृतिले झापा -५ सहित देशका अन्य ठाउँमा पनि टाउको उठाउन खोजेकोले त्यसलाइ रोक्न पनि यो पटक असन्तुष्टि र आलोचनाका वावजुद केपी ओलीलाई जिताउनु अनिवार्य छ ।
४. फेरि अर्को कुरा केपी ओली कतै अन्तै चुनाव लडन गएर सिंगौरी खेलेको त हैन , उहाँ त आफुले निरन्तर चुनाव लडिरहेको ठाउँमा जनताले जिताए जित्ने मनले गएको हो तर जो उहाँसंग सिंगौरी खेल्नकै लागि त्यहाँ पुगेका छन उनको नियत त आफु संसदमा पुग्ने मात्रै नभई केपी ओलीलाइ संसद छिर्न नदिने पनि त हो । हो यो तहको घृणा र निषेधको राजनीतिक सोचलाइ टाउको उठाउन नदिएर असहमति विच पनि सहकार्य हुन सक्ने संस्कार कायम राख्न पनि केपी ओलीलाइ जिताउनु सहि हुन्छ ।
५.मैले कुनै बेलाको समर्थक अनि कुनै बेला आलोचकको रुपमा चिनेको केपी ओलीले जुनसकै समयमा पनि झापा जिल्ला र त्यहाँका जनतालाइ उच्च महत्व दिनु भएको देखेको छु । उहाँले अरु भन्दा धेरै झापाको विकासलाइ प्रथामिकता दिएको, झापालीलाइ अवसर दिएको भनेर त उहाँलाइ खुइल्याउने मनसायले नै सहि मिडियाले लेखेका पनि छन नि । त्यसैले गर्दा आफुहरुको हितमा केपी ओलीले गरेको कर्तव्यवोधको सम्मानका खातिर नै सहि झापा -५ का जनताले उहाँलाई मत दिएर आफुहरु गुण विर्सने वैगुणी नभई गुण गर्नेहरुको गुण कहिल्यै नभुल्ने आभारी भएको प्रमाण पेश गर्नु पर्छ ।




















