काठमाडौँ,भदौ २३ / जनता समाजवादी पार्टी नेपालका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई निरंकुश भ्रष्ट भनेर टिप्पणी गरेपछि ओलीका सल्लाहाकार सुर्य थापाले डा भट्टराईप्रति लक्ष्ति गर्दै कडा जवाफ दिए । उनले सामाजिक सञ्जालमार्फत डा भट्टराईलाई ओलीको आँखामा आँखा जुधाएर त्यस्तो टिप्पणी गर्न चुनौती नै दिए ।
बाबुरामलाई सुर्य थापाको चुनौती :-“प्रमका सामु आँखा जुधाएर निरंकुश,भ्रष्ट र गफाष्टक नेतृत्व भन्नसक्नु हुन्छ ?”
त्यतीमात्र होईन उनले हिसिला यमीको समेत नाम जोडेर न्युयोर्क टाइम्स हिसिलालाई एसियाकै भ्रष्ट महिला भनेर समाचार प्रकासित गरेको , डा भट्टराईको नातावाद र फरियावादले तत्कालिन माओवादी समेत धुरुधुरु रोएको भनेपछि यसको जवाफ डा भट्टराईले पनि दिएका छन् । उनले एक समाचारको लिंक सेयर गर्दै सत्यतथ्य नबुझि कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि नदर्गुन आग्रह गरेका छन् ।
उनले सत्ताधारीले आफु र हिसिलालाई लखेट्न थालेको भन्दै टिप्पणी गरेका छन् । उनले ट्वीटरमा लेखेका छन् “आफ्नै विवेकलाई सोधौं(-सत्यतथ्य के हो ? हामी कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि कुदिरहेका छैनौं? पकेटमार चोरचोर भन्दै आफै पकेट मारेर भाग्दै त छैनरुभूपी शेरचनले किन यो हल्लैहल्लाको देश भनेर कविता लेखेका होलान ? किन सत्ताधारीले हिसिला-बाबुरामलाई लखेटेका होलान् ?
मिड नेपाल न्युजबाट




















