भगवती बस्नेत (अर्याल)
बिराटचोक ,२३ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुन्दरहरैचा नगरकमिटी संगठन बिभागको पहिलो बैठक सम्पन्न भएको छ । मंगलबार सुन्दरर्हरैचाको ८ न वडा शाखा कमिटीको कार्यलय सलकपुरमा बसेको बैठकले ३ ओटा प्रस्ताबहरुमाथि छलफलगरी बैठक सम्पन्न भएको छ।
संगठन बिभाग प्रमुख मातृकाप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले गत सुन्दरहरैचा नगर कार्यलयलको गरेको गत बैठकको निर्णयको अनुसार "वार्ड वार्डमा पार्टी ' कार्यक्रमलाई एक महिना सम्ममा ,भेट्घाट मिटिङ, भेला , कार्यकर्तासंग अन्तरक्रियागरि भब्य प्रभाकारी रुपमा सम्पन्न गर्ने ।
दोश्रो प्रस्ताबमा पार्टी संगठित सदस्यता ब्यवस्थापन र प्रत्येक वडाहरुमा पार्टी सङ्गठित सद्स्य कमरेडहरुको बिबरण अध्यावधिक गर्ने, उक्त बिबरणमा निजको सम्पुर्ण परिचय खुल्ने गरि अध्यावधिक गरिने र तेस्रो प्रस्तावमा नगरको बिकाससंग सम्बन्धित र संगठन निर्माण तथा जनसरोकारका बिबिध पक्षमा छलफल गरि द्रुत गतिमा कामगरिने निर्णय गरेको छ ।
नगरकमिटीका नेता मातृकाप्रसाद ढकालको नेतृत्वमा बनेको सो संगठन विभागमा १२ ओटा शाखा कमिटिका अधक्षयहरु सद्स्यहरु रहनेगरि सो बिभाग बनेको थियो । आज बसेको बैठकमा उपस्थित वडा कमिटीका अधक्षयहरु क्रमस १ न. इन्द्र भट्टराई ,२ हर्कमान पायन लिम्बु ,३ बिदुर ढुङ्गाना ,४ बावुकृष्ण दाहाल ,५ टेकबहादुर बुढाथोकी ,६ अर्जुन तिम्सिना ,७ गोकुल न्यौपाने, ८ रोहित चौधरी ,९ भरत चौहान ,११ महेन्द्र लिम्बु, १२ गणेश फुयल रहेका थिए ।
त्यसैगरी वार्डका इन्चार्जहरु क्रमस १ योगेन्द्र पौडेल ,३ कल्पना घिमिरे ,४ अम्बिका दाहाल ,५ शंकर भट्टराइ ,६ कमल अधिकारी ७ रबिन्द्र आचार्य ,८ राम लुइँटेल, ९ मित्रजंग थापा,१० कुमार मिझार बैठकमा सहभागी भएका थिए भने कार्यालय सदस्यहरु उमेश वस्ती ,सिमा चौधरी र प्रचार बिभाग सदस्य बिशाल गुरागाईको समेत उपस्थिति रहेको थियो ।
नेकपा सुन्दरहरैचाका अधक्ष्य केदारप्रसाद गुरागाइ प्रमुख अतिथि र बिषेश अतिथि सचिव दुषयंत भट्टराइ र ३ नम्बर संघिय निर्वाचन क्षेत्रीय कमिटी सदस्य बद्री अर्यालको आतिथ्य रहेको र संगठन विभागका उपप्रमुख रोहित चौधरीले बैठक सचालन गरेका थिए ।




















