बिराटचोक २६ भाद्र । नेपाल कम्युनिष्ट पार्टी नेकपा को सुन्दरहरैचा नगरकमिटिले आफ्नो गतिबिधिलाइ बढाउदै बिषेश बैठक सम्पन्न गरेको छ। आफ्नो नगरको गतिबिधि बढाउँन सुन्दरहरैचा भित्र बसोबास गरेका प्रदेश कमिटी ,जिल्ला कमिटी र नगर कार्यालयको संयुक्त बिशेष बैठक सुक्रबार सम्पन्न भएको हो ।

सानाकिसान सुन्दरहरैचाको ६ नम्बर वडामा रहेको भवनमा बसेको बैठकले बिभिन्न बिषयहरुमा छलफलगरी पार्टी र नगरको विकास कसरी गर्ने भन्नेकुराको बिषयमा छलफल गरी निष्कर्ष निकालेको नगर सचिव दुषयन्त भट्टराइले बताए । बैठकमा सहभागीहरुले नगरका राजनैतीक ,संगाठानीक ,र जनताको सेवामा कसरी समर्पित गर्न सकिन्छ भन्ने सुझाब सहित धारणा राखेका थिए ।

निष्कर्षमा सुन्दरहरैचा नगरपालिकालाई उपमहानगरपालिकाको स्तरमा उठाउन नेकपा लागीपर्ने, सम्पूर्ण पार्टी पंक्ति एक ढिक्काभएर परिचालित हुने । संगठन र संगठित पद्धतिमा बिश्वास गर्ने र आम पार्टी पंक्तिलाई पद्धतिमा बिश्वास दिलाउने, जिल्लाले निर्दिष्ट गरेका कार्य दृढताकासाथ कार्यन्वयन गर्ने र आम जनताको चासो र चिन्ताको दिनानुदिनका समस्याहरुलाई सामाधानमा दृढताका साथ लाग्ने साथै सकारात्मक कामको प्रचार र गलत कामको भन्डाफोर गर्ने लगायतको निष्कर्ष निकालिएको सचिव भट्टराइले जानकारी दिए ।

बैठकमा नेकपा केन्द्रिय सदस्य तथा बिद्यार्थी सह इन्चार्ज बिनोद ढकाल र केन्द्रिय कमिटी सदस्य तथा मोरङको सह इन्चार्ज महेस रेग्मीको बिशेष आतिथ्य रहेकोे थियो त्यसैगरी अतिथिहरुमा जिल्ला कमिटी अध्यक्ष ऋषीकेश पोखरेल,सचीव गणेश उप्रेती (सुशील) को रहेको थियो ।

बैठकमा सुन्दरहरैचा नगरपालिका भित्र बसोबास रहेका नेताहरु १ नम्बर प्रदेश कमिटी सदस्यहरु चन्द्रबहादुर गुरुङ्ग ,लक्ष्मी प्रसाद फुयल,हरीप्रसाद घिमिरे,अरुण सुन्दास,उपेन्द्र राय,नागेस पोखरेल जिल्ला कमिटी सदस्यहरु तथा प्रदेश नम्बर १ अन्तर्गत सांसद राजकुमार ओझा,अजम्बर राइ ,सुरेन्द्रबहादुर थापा,अर्जुनराजअधिकारी,लता न्यौपाने,नवराज चापागाईं,सिता कडरिया (रक्षा ), बबिता खापुङ,सन्तोष बान्तवा ,बिसनलाल चौधरी,खगेन्द्र तिम्सिना ,गिताप्रसाद श्रेष्ठ ,बालिका पौडेल ,टीका भट्टराई ,रचना राई ,ज्ञानेन्द्र ओझा ,किरण राइ ,डोरबहादुर कार्की ,इन्द्र न्यौपाने,रोशननाथ उप्रेती ,३ नम्बर क्षेत्रीय कमिटी सदस्य बद्री अर्याल लगायत नगर कार्यलयका सदस्यहरु मातृकाप्रसाद ढकाल ,उमेश वस्ती ,सिमा चौधरी,कार्यलय सचिव सम्भु धमालाको सहभागिता रहेको थियो । नगरकमिटी अध्यक्ष केदारप्रसाद गुरागाइको अध्यक्षतामा बसेको बैठकलाई सचीव दुषयन्त भट्टराईले संचालन गरेका थिए।