मोरङ, २२ माघ । नेकपा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको आम हड्तालमा उत्रिएका मोरङ सहसंयोजक पारुल क्षेत्रीसहित छ जना कार्यकर्तालाई प्रहरी विराटनगरमा पक्राउ गरेको छ ।
पक्राउ परेका क्षेत्रीसहित नेकपा अन्य नेता कार्यकर्ताहरुमा मिरा दाहाल ,चम्पा कार्की ,संगम चौधरी, उमेश ढुंगेल, सारदा मैनाली, र विप्लप चौधरी रहेका छन ।

प्रदर्शनमा सहभागी उनीहरुलाई प्रहरीले विराटनगरको तीनपैनी चोकबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई कुटपिट गर्दै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको नेकपा संयोजक गणेश उप्रतीले बताए । प्रहरीको कुटपिटबाट घाइते भएका छन । प्रचण्ड –नेपाल समूहले आव्हान गरेको आम हड्तालले विराटनगरको जनजीवन पूर्ण प्रभावित बनेको छ । शैक्षिक संस्था, कारखाना, बजार सबै बन्द छन् ।

बन्दले गर्दा लामो र छोटो दूरीका कुनै सवारी साधन चलेका छैनन् । नगरको भित्रि खण्डमा भने फाट्टफुट्ट सवारी साधन चलेका छन् । जिल्लामा कतै हिंसात्मक घटना नभएको मोरङ प्रहरीले जनाएको छ ।




















