प्रधानमन्त्री केपी ओली आज नेकपाको आधिकारिकता विवादको सम्वन्धमा छलफल गर्न निर्वाचन आयोग जाने रे ! तर के भन्ने जाने उहाँ ?
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वको आयोगले नेकपाको ४४१ सदस्य कमिटि आधिकारिक भनिसकेको छ , के अव प्रधानमन्त्रीले गएर “ थपलियाजी त्यो तपाईंले आधिकारिक भनेको कमिटिमा वहुमत त मेरो छैन तै पनि मै हुँ प्रमुख पदाधिकारी , अनि कमिटिको एक तिहाइ सदस्यहरु म सँग छन होला कि जस्तो लाग्छ , मै हो है आधिकारिक” भन्ने ?
कि के भन्ने ? प्रधानमन्त्रीज्यु , दुइटामा एउटा काम कृपया गरिदिनुस ! कि भन्दिनुस कि म नै राज्य हुँ भन्ने नै मेरो मान्यता हो , मलाइ नियम कानुन विधि पद्दति केहिसंग मतलब छैन वा हैन भने आफ्नो पक्षमा केन्द्रिय कमिटिको वहुमत नरहेको पनि भन्ने अनि आफैंलाइ प्रमुख पदाधिकारी अनि आफ्नो एक तिहाइको टुकडीलाइ आधिकारिक पार्टी भन्न बन्द गर्नुस । लाज लाई पनि लाज भयो भने राम्रो हुदैन ।




















