धनकुटा,१ फागुन । सधै राजतन्त्रको विरोधमा,लोकतन्त्रको पक्षमा सडक गुन्जाएमान गर्दै आएका जनता प्रतिगमनका विरुद्धमा शसक्त आवाज बुलन्द गर्दै जुरमुराएर उठेको नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

एउटै दाजुभाई आफुले देउता ठानेको तर दानव निस्किएको उहाँको भनाई थियो । भ्रष्टाचार गर्नेलाई दण्डित गर्नु ,रोजगारी नपाएकालाई रोजगारी दिनु, विभिन्न ठाउँमा भएका बलात्कारका दोसिलाई सजाय दिनु दण्ड दिनु र सधै सकारात्मक काम गर्न आफुले सरकारलाई भनेको तर केपी ओलीले सरकारलाई काम गर्न नदिएको भन्ने गरेको उहाँले बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा १४ हजार चेलिबेटीको बलात्कार भएको उहाँले बताउनु भएको छ ।
यस्तै पूर्वमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले पार्टीको तर्फबाट जसलाई तीन बर्ष प्रधानमन्त्री बनाइयो उसैले संविधानमाथि घात गरेको लोकतन्त्रमाथि प्रहार गरेको र जनताका जनमत माथि अपमान गरेको बताउनु भयो । एकातिर निर्वाचनको घोषणा गर्ने र अर्कौतिर ७७ जिल्लामा नै भुमि आयोग गठन गरेर जनतालाई झुक्याउने काम गरेको उहाँको भनाई थियो ।
३ बर्ष सम्म भुमिहिन सुकुम्बासीहरुको सम्बोधन नभएको र निर्वाचन घोषणा गरेपश्चात सम्बोधन गर्ने नाटक देखाउनु कतिको उपयुक्त छ ? उहाँले प्रश्न गर्नुभएको थियो । यसैक्रममा केन्दिय सदस्य तथा महिला नेतृ रामकुमारी झाँक्रीले सबै प्रकारका निरङ्कुशका विरोधमा विद्रोह गर्ने ,स्वेच्छाचारीका विरुद्धमा विद्रोह गर्ने क्रान्तीकारी ,परिवर्तनकारी मुक्तिगामी जनताहरु बसोबास गर्ने जिल्ला धनकुटा जिल्ला भएको बताउँनु भयो ।




















