मोरङ,७ फागुन । नेकपा पार्टी एकता अभियानको मोरङमा पनि चाडै संगठन निर्माण गरिने अभियानका केन्द्रिय सदस्य नन्दलाल धिमालले बताउनु भएको छ । गत पुस ५ मा संसद् विघटन भएपछि राजनीतिक रुपमा विभाजित बनेको नेकपालाइ एक ढिक्का बनाउने उदेश्यका साथ संगठन निर्माण गर्न लागिएको धिमालले बताउनु भएको छ।

अनलाइन सगरमाथा संगको कुराकानीमा धिमालले पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेको हुदा एकता अभियानले सार्थकता पाउने बताउनु भयो । धिमालले फागुनको २१ गते भित्रमा जिल्लाको तदर्थ समिती निर्माण गरीने र त्यसपछि बृहत भेलागरेर जिल्ला कमिटी निर्माण गरिने बताउनु भयो । जिल्ला कमिटी निर्माण भएपछी पालिका देखि वडा सम्म कमिटी निर्माण गरीने र यो कमिटी कुनै गुट र अलग पार्टीको नभई पार्टी एकता अभियानको लागि मात्र भएको बताउनु भयो ।

गत पुस ५ मा संसद् विघटन भएपछि राजनीतिक रुपमा विभाजित बनेको नेकपाको कुनै समूहमा नगएका उपाध्यक्ष वामदेव गौतमले गत माघ १४ गते पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए भने यो अभियानको देशै भरी लहर चलेको छ ।