गुल्मी । नेपाल कम्युनिस्ट पार्टी नेकपा गुल्मीमा प्रचण्ड नेपाल समुहको बर्चस्व देखिएको छ । नेकपाका जिल्ला सचिव बिरबहादुर कार्कीले पार्टी दुई धारमा विभिाजित नहुँदा जिल्ला कमिटी १ सय ४६ जनाको रहेकोमा १ सय ५ जना जिल्ला कमिटी सदस्यहरु प्रचण्ड नेपाल समूहमा रहेको शनिवार जानकारी दिए ।
बाँकी ४१ ज्जना मध्ये ५ जना कतै नखुलेको ३५ जना मात्र मात्र ओली समुहमा गएको उनले बताए । त्यस्तै ४९ जना सचिवालय सदस्य रहेकोमा २८ जना प्रचण्ड नेपाल समुहमा र १८ जना ओली समुहमा गएको उनले स्पष्ट पारे । त्यस्तै नेकपाबाट विजयी भएका १९ जना प्रमुख र उपप्रमुख मध्ये १७ जना प्रचण्ड नेपाल समुहमा रहेको र २ जना मात्रै ओली समुहमा गएको कार्कीले बताए ।
त्यस्तै प्रदेश कमिटीमा १२ जना मध्ये वोमबहदुर खड्काको निधन भएको र बाँकी ११ जना मध्ये प्रचण्ड नेपाल समुहमा ८ जना रहेको र ३ जना मात्रै ओली समुहमा गएको पार्टी कमिटीको विवरणमा उल्लेख छ ।
त्यस्तै गुल्मीबाट ४ जना केन्द्रीय सदस्य मध्ये ३ जना केन्द्रीय सदस्य प्रचण्ड नेपाल समूहमा रहेको र एक जना प्रदीप ज्ञवाली मात्रै ओली समूहमा गएको उनले पार्टी सचिवालयको बैठकमा विवरण पेस गरे ।
उनले पार्टी एक हुँदा अध्यक्ष रहेका मधुकृष्ण पन्त ओली समुहको अध्यक्ष बने पनि उनकै छत्रकोट गाउँपालिकामा प्रचण्ड नेपाल समूहको बहुमत रहेको र बिशेष गरि युवाहरुको समूह धमाधम प्रचण्ड समूहमा फर्किएको दावी गरे । रातोपाटी बाट




















