बिराटचोक। नेपाल कम्युनिष्ट पार्टी( नेकपा )छुट्टा छुट्टै समुहमा विभाजन भएपछी दुइटै समुह आफनो पक्षमा माहौल बनाउन लागिरहेका छन भने कहिँ त पुरै कमिटीनै आफ्नो पक्षमा रहेको दावी गरीरहेका छन ।

151208613_350507736100843_8851569552117396973_n

यसै क्रममा सुन्दरहरैचाको नगर कमिटीमा प्रचण्ड-माधब समुहको बहुमत देखिएको छ ।गत सनिबार सुन्दरहरैचाको गोठगाउमा भएको नगरकमिटीको बैठकबाट बहुमत रहेको कुरा खुल्न आएको हो । पार्टी एक ढिक्का हुदा जम्मा १७२ सदस्यीय नगरकमिटीमा ९१ जना बैठकमा सहभागी भएको नगरकमिटी सचिव दुष्यंत भट्टराइले बताए ।

152336854_329484761831645_7175366708630828533_n 153165383_467198147640440_2992941521969563307_n (2)

त्यसैगरी सचिवालयमा पनि ३९ सदस्यीय रहेकोमा २१ जना सदस्य प्रचण्ड- माधब समूहमा रहेको सचिव भट्टराइले बताए ।  बैठकमा महत्व पूर्ण १०निर्णय भए पनि सार्वजनिक गर्न नगर समिति सचिव भट्टराईले चाहेनन्।  "हामी एकढिक्का रहन प्रयत्न गर्ने छौ कति पय साथीहरु अन्योलमा हुनुहुन्छ उहाँहरू पनि छिटै मूल प्रवाहमा समाहित हुने विश्वास रहेको समेत उनले बताए ।कार्यपालिकामा समेत बहुमत देखिएको उक्त समूहमा केही कार्यपालिका सदस्य खुल्न बाँकी रहेको र अब छिटै उहाँहरू आफ्नो पक्षमा खुल्ने विश्वास यो समुहले गरेको छ।

152537090_432239314683457_46166537774834925_n

बैठकमा नेकपाका केन्द्रिय सदस्य महेश रेग्मीको प्रमुख आथिथ्यमा भएको थियो भने पुर्व सभासद चन्द्रबहादुर गुरुङ,१ नम्बर प्रदेश कमिटीका सदस्य अरुण सुन्दास,वामबुद्दिजीबी लक्ष्मीकुमार श्रेष्ठ,शिवप्रसाद दाहाल,नगर कमिटीको इन्चार्जहरु रचना राइ, नवराज चापागाई प्रदेश समन्वय समितिका सदस्य पुराना कम्युनिस्ट नेताहरु देबराज कार्की जिल्ला सदस्यहरु सिता कडरिया,किरण राइ, लगायतको आतिथ्य रहेको थियो ।https://onlinesagarmatha.com/news/3784

152394795_428023648256418_2646043529144109007_n