काठमाडौं, १२ फागुन । काठमाडौं स्थित रत्न राज्य लक्ष्मी क्याम्पसको वर्तमान स्ववियु सभापती सहित पुर्व सभापतीहरुले पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन । बुधाबार क्याम्पसमा भेला भइ सभापतिहरुले पार्टी एकता हुनु पर्छ भन्ने संदेश दिएका हुन ।
सो भेलामा रहेका दामोदर अर्याल,राजेन्द्र राई,यज्ञराज सुनुवार,महेन्द्र राई, बिनोद मन्जन,नबराज पौडेल,राजकुमार राई,बर्तमान सभापती तपेन्द्र्जङ्ग शाहीतको भेलाले पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिने र सर्वोच्च अदालतको निर्णयको स्वागत गरीएको पुर्व सभापती दामोदर अर्यालले बताए । आजको भेलामा पुर्व सभापती जगन्ननाथ खतिवडा अन्तर्वार्ता भएको कारण सहाभागी नभएता पनि उहा एकताको पक्षमा उभिने पुर्व सभापती अर्यालले बताए |

आउदो नयाँ बर्ष२०७८ सालमा आजसम्म निर्वाचित भएका सम्पूर्ण सदस्य र पदाधिकारीहरुको बृहत भेला काठमाडौंमा गर्ने समेत निर्णय गरीएको नेकपाका नेता समेत रहेका अर्यालले बताए । २०४३ पछिका जम्मा १३ जना स्ववियु सभापतिहरु साबिक एमाले अनेरास्ववियुबाट निर्वाचित भएका मध्ये राजकुमार राइ,एकजना तटस्थ,१ जना पुर्व सभापती बिशाल भट्टराई ओली समूहमा रहेका छन भने हाल राजन बस्नेत र बाल गाेपाल उपाध्यय बिदेशमा रहेका र दुबैजना माधव पक्षमा रहेको नेता अर्यालले बताए । आजै पुर्व सभापति बिनोद मण्जनकि श्रीमती गायत्री बिष्टको स्वास्थ लाभको कामना गरेका थिए ।
यो पनि पढ्नुहोला ।
https://onlinesagarmatha.com/news/3794




















