अष्ट्रेलिया । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको सचिवालय सदस्य, संगठन बिभाग प्रमुख एवं भिक्टोरिया र ताजमानिया प्रदेश कमिटीको ईन्चार्ज राम रानाभाटले पद त्याग गरेको घोषणा गरेका छन । उनले सामाजिक संजाल फेसबुक मार्फत बिज्ञप्ती निकाल्दै "आजको मितिबाट लागू हुनेगरी कुनै पनि पदमा नरहने गरी पद त्याग गरेको घोषणा गरेका हुन् ।

२०४५ सालमा कक्षा ७ मा अध्ययनरत् हुने बेलादेखि नै जानी नचानी नेपालको बामपन्थि आन्दोलनमा निरन्तर लागि रहेको र यो अवधिमा अनेरास्वियू, प्ररायु संघ र नेकपा (एमाले) को बिभिन्न कमिटीहरूमा रहेर सक्रियतापूर्वक काम गर्ने क्रममा २०६२/६३ को ऐतिहासिक जनआंदोलनमा खुट्टा भाँचिनुका साथै शख़्स घाईते भएको र २०६६ सालमा अष्ट्रेलिया आएपछि तत्कालिन नेकपा (एमाले) को अष्ट्रेलिया जिल्ला कमिटी (प्रवासी नेपाली मञ्च अष्ट्रेलिया) को दुई कार्यकाल प्रथम उपाध्यक्ष र उपाध्यक्षको पदमा रही लगनशील र ईमानदारीतापूर्वक काम गरेर कुरा बताएका छन। उनले दुई कार्यकाल सर्वसम्मतिले उपाध्यक्ष बनाउन सहयोग गर्नुहुने अग्रजहरू डा. जगदिश तिम्सिना, डा. सिन्धु ढुंगाना र अष्ट्रेलिया भरिका सम्पूर्ण सहयोद्धा, सहकर्मी, सहयोगी र शुभचिन्तक रूमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन।

साथै नेपालमा नेकपा एमाले र एमाओवादी (केन्द्र) को एकता पश्चात् बनेको नेकपा (नेकपा) संग सम्वन्धित संगठन हाल म आवद्ध प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको एकता प्रक्रिया सकिदा नसकिदै शीर्ष नेताहरूको नितान्त ब्यक्तिगत स्वार्थ र टकरावका कारण कृतिम रूपमा पार्टी बिभाजन गरिएको र दुबै समुहबाट नेपाली कम्युनिस्ट आन्दोलनलाईनै आघात् पार्ने गरी अबान्छित र अमर्यादित गतिविधिहरू निरन्तर रूपमा हुदै आएको कुरा सर्वविदितै भएको बताएका छन ।

पार्टीमा विभाजित मानसिकता र गुटगत् संरचना रहिरहेसम्म “समृद्ध नेपाल र सुखी नेपाली” बनाउने राष्ट्रीय आकांक्षा कदापि पुरा हुन नसक्ने उनको ठहर छ। तसर्थ पार्टी पुनः एकताबद्ध भएर अघि बढ्नुको बिकल्प छैन। यदि पार्टी एकता हुन सकेन भने नेपालको समृद्धि र नेपाली बामपन्थि आन्दोलन १५/२० वर्ष पछाडि धकेलिने निश्चित छ। तसर्थ पनि सबै नेताहरूले भए गरेका गल्ति कमज़ोरीबाट पाठ सिकेर आत्मालोचना गर्दै पुनः एकिकृत कम्युनिस्ट पार्टी निर्माण गर्नु आजको आवश्यकता हो।

त्यसै आवश्यकतालाई मनन् गरी आजको मितिबाट कुनै पनि गुट (समुह) मा नलागि क. बामदेव गौतमले नेतृत्व गर्नुभएको नेकपा (नेकपा) पार्टी एकता राष्ट्रीय अभियानलाई आफुले समर्थन र सहयोग गर्ने निर्णय गरेको बताएका छन । समकालीन शीर्ष नेताहरूमा अरू नेता भन्दा बामदेव गौतम पार्टी र देशका निम्ति अलि बढि परिपक्व र दूरदर्शी देखिनु भएको उनले बताएका छन।

हालसम्म संगठनको बिभिन्न निकाय र तहमा विश्वास गरेर महत्त्वपूर्ण ज़िम्मेवारीमा पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद् ज्ञापन गर्दछु उनको बिज्ञप्तीमा छ ।

1614691413787