काठमाडौं। साबिक नेकपाको प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो।
नेता नारायणकाजी श्रेष्ठका अनुसार सर्वोच्च अदालतको नयाँ फैसलापछि विकसित घटनाक्रमलाई लिएर धारणा बनाउन स्थायी कमिटी बैठक बोलाइएको हो।
सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उक्त समूहले आइतबार साँझ कानुन व्यवसायीहरुसँग परामर्श पनि लिएको थियो। कानुन व्यवसायीको परामर्शअनुसार पार्टी बैठकले अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय लिनेछ।लोकपाटी बाट




















