काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। मंगलबार बिहान बस्ने भनिएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ।

माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव पोखरेलले मंगलबार बिहान ९ बजे सचिवालय बैठक आह्वान गरेका थिए।

नेपाल, खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो।