✍️  राधाकृष्ण देउजा

सर्वोच्च अदालतले विउँताएको नेकपा एमालेको आगामी दिन के कसरि जाला ? केहि दिन अगाडीसम्म कडा प्रतिस्पर्धामा रहनु भएका अनि अव त्यसको नेतृत्व पंक्तिमा रहनु हुने नेताहरु खास गरेर माधव नेपाल र केपी ओलीको सम्वन्ध कस्तो होला ? अनि एमाले भित्र माधव नेपालको अवस्था र भूमिका के होला ? यस्ता सवालहरु सबैको मनमा छन , जुन अत्यन्त जायज र यक्ष प्रश्न हुन ।

52874871-2337419116308667-526527368030846976-n-2
✍️ बिचार : राधाकृष्ण देउजा

तर सवाल जति जटिल देखिन्छ उत्तर भने त्यति जटिल छैन किन भने अदालती आदेशले पुन खडा हुन नेकपा एमाले कुनै दुइटा पार्टी मिलेर बन्नु पर्ने हैन , त्यसमा फेरी आइपुगेका कोहि पनि एक अर्काको लागि नौलो हैनन । त्यसमा जोडिन आउने एक अर्काका कमजोरी र सवलता सबैलाइ थाहा छ , लामो समयको संगत छ , प्रतिस्पर्धाको विचमा मित्रता छ । तसर्थ नेकपा एमाले सहज ढंगले नै जान्छ । हो फेरी पनि अन्तरसंघर्ष हुनेछ , वहस छलफलहरु हुनेछन तर पनि पार्टी अगाडी बढछ । अनि कसको भूमिका के हुने ? वा अवस्था के हुने त्यो समयले हैन अगाडी सारिएका एजेन्डाहरुले निर्धारण गर्नेछन , व्यक्तिको व्यक्तित्व र त्यसबाट गरिबे अपेक्षाहरुको पूर्ति हुने वा नहुने कुराले त्यसको निर्धारण गर्नेछ ।

कतिपयलाई लागेको होला कि एमालेले पुनर्जीवन पाए पछि केपी ओली एकदम बलियो हुनु भयो अनि माधव नेपाल कम्जोर । त्यो अनुमान र विश्लेषण चाहिं अलिक हैन पुरै नमिल्दो हुनेछ । किन भने नेकपा एमाले भन्ने वित्तिकै माधव नेपाल र केपी ओलीको नाम संग संगै आउँछ । त्यसको कारण किन भने त्यस पार्टीमा वहाँहरुको महत्व , वहाँहरु प्रतिको सम्मान करिव करिव उस्तै छ । हो , एमालेलाइ विगठन गरेर केपी ओलीले नेकपा बनाउन सहमति गरेपछि एकताको जगमा बनेको नया पार्टीमा विशिष्ट खालका समीकरण बने होलान । त्यसमा माधव नेपाल कता लाग्नु भयो अनि केपी ओली कता लाग्नु भयो र किन त्यसको लेखाजोखा हुँदै जालान तर त्यस्ता समीकरण बन्दै वा भत्कदै जाँदा पनि नेकपा एमालेको पंक्तिले दुवै नेतालाइ मानेकै थियो । अव जव अदालतले नै सहि एमालेलाइ फेरी एक ठाउँ ल्यायो , त्यसले कोहि कसैलाइ कम्जोर पारेको छैन । यद्धपि अव अगाडी बढदै जाँदा नेकपा एमालेमा माधव नेपालको अवस्था थप सुदृढ अनि भूमिका झन् महत्वपूर्ण हुने पक्का छ । किन भने वहाँले विधि , पद्दतिको निम्ती सदैव लडेको तथ्य स्थापित छ ।

पुष ५ गते प्रधानमन्त्रीको रुपमा केपी ओलीले असंवैधानिक ढंगले संसद विगठन गरेको बुझेर पनि केपी ओलीको इतिहासको सम्मान गरेर अप्ठयारोमा साथ नछोड्ने धर्म निभाउनेहरुको पनि लगाव संविधानको रक्षाको पक्षमा उभिनु हुने माधव नेपाल तर्फ नै हुनेछ । अनि दुखका साथ भन्नु पर्छ कि केपी ओलीको अगुवाई र निर्णयले एमाले र माओवादि हतार हतार मिलेको चाहिं भुलेर पार्टी एकता पश्चात मुद्दाको आधारमा देखिएको समीकरणलाइ आधार मानेर माधव नेपाललाइ मान्छौ तर वहाँ एमालेसंग नमिलेर किन माओवादीसंग मिलेको भन्ने तर्क गर्नेहरु पनि अव वहाँको पक्षमा लाग्ने स्पष्ट छ ।

अनि अझै दिनहरु वित्दै जाँदा माधव नेपालको स्वच्छता , सरलता र सक्रियताको जगमा वहाँ प्रतिको सम्मान अझै बढ्ने नै छ । अनि वहुदलीय जनवादको हिमायती ठान्ने एमालेजनहरुले वहुदलीय जनवादको प्रमुख विशेषता संवैधानिक सर्वोच्चताको पक्षमा सडक, संसद देखि अदालतसम्म लड्ने माधव नेपाललाइ नामानेर कसलाई मान्ने । त्यति मात्रै हैन , विगतको एमाले बुझेकाले त बुझेकै छन , नबुझेकाले पनि बुझेहुन्छ कि एमालेको पंक्तिको व्यापक माया र समर्थन रहेकोले माधव नेपाल एमालेमा केपी ओली वा अरु जोसुकैलाइ कडा टक्कर दिएर अनेकन आंधी हुरी सहेर बस्न सफल नेता हो ।

अव पनि वहाँ कम्जोर हुनुहुने छैन , लडाईको मोर्चा अलग होला , नया खालको होला तर सत्य र सकारात्मकताको पक्षमा लड्नेहरु कम्जोर हुनेछैनन । त्यसैले अव माधव नेपालले के गर्नु होला भन्ने ठान्नेहरुले बुझेहुन्छ वहाँ विधि पद्दतिको सम्मानको आधारमा वृहत्तर बाम एकताको पक्षमा , गफमा हैन काममा जनताको सुख सम्वृद्धिको ग्यारेण्टीको पक्षमा अनि अराजकता रहित राजनीतिक वातावरणको पक्षमा नया ढंगले लाग्नु हुनेछ ।