काठमाडौं। नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ। बुधबार अपारान्ह ४ बजे बानेश्वरको एक होटलमा केन्द्रीय सदस्यहरुको भेला बोलाइएको एक सदस्यले जानकारी दिए।

उनका अनुसार पार्टीमा अब कसरी प्रस्तुत हुने भन्ने विषयमा भेलामा छलफल हुने छ। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पमकल दाहालसँग नेपालसमूह छुट्टिएको थियो।

बुधबार मात्रै संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले पार्टीभित्रको विमतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताएका छन्। तर, एमाले केन्द्रीय कमिटी बैठक बोलाउनेबारे आफूलाई केही थाहा नभएको उनको भनाइ थियो।