काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षीय भेलाले हिजोका तितापिरा कुरा बिर्सेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने निश्कर्ष निकालेको छ। बैठकपछि नेता रघुजी पन्तले हिजोका कुराहरुलाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए। तर त्यसका लागि निर्णायक भुमिका अध्यक्ष केपी ओलीको हुने भएकाले त्यसतर्फ सचेत गराइने पन्तको भनाइ छ।
‘विकसित घटनाक्रमपछि कसरी पार्टी अघि बढाउने भन्ने विषयमा छलफल भयो र त्यसका लागि निर्णायक भूमिका पार्टी अध्यक्षकै हुन्छ भन्ने निश्कर्ष पनि निकालियो’ पन्तले भने, ‘आफू अन्तर्गतका कार्यकर्तालाई विचारमा जुझारु तर अन्य कुरामा संयमित हुन आग्रह भेलाले गरेको छ।’
उनले प्रतिनिधि सभा विघटनपछि विचारहरु फरक भएपनि अव ति कुराहरु बिर्सेर अघि बढ्नुपर्ने आवश्यक्ता ठहर गरेको बताए । ‘प्रतिनिधि सभा विघटन गरिएपछि आ-आफ्नै दृष्टिकोण र विचार थिए। अब ती बिर्सेर अघि बढ्नुपर्छ’, पन्तको भनाइ छ। त्यस्तै एमाले र माओवादीबीच तत्काल एकता सम्भव नभएपनि प्रयास भने जारी राख्ने विषयमा पनि छलफल भएको छ। पन्तले वामपन्थीहरूको मोर्चा र सरकार बनाउनु उपयुक्त हुने निश्कर्ष निकालेको जानकारी दिए।
उनले प्रतिनिधि सभा विघटनपछि विचारहरु फरक भएपनि अव ति कुराहरु बिर्सेर अघि बढ्नुपर्ने आवश्यक्ता ठहर गरेको बताए। ‘प्रतिनिधि सभा विघटन गरिएपछि आ-आफ्नै दृष्टिकोण र विचार थिए। अब ती बिर्सेर अघि बढ्नुपर्छ’, पन्तको भनाइ छ । त्यस्तै एमाले र माओवादीबीच तत्काल एकता सम्भव नभएपनि प्रयास भने जारी राख्ने विषयमा पनि छलफल भएको छ। पन्तले वामपन्थीहरूको मोर्चा र सरकार बनाउनु उपयुक्त हुने निश्कर्ष निकालेको जानकारी दिए।लोकपाटी बाट




















