✍️ एकराज भट्टराइ

वर्तमान विकसित राजनीतिक परिस्थितिमा नेपालकाे राजनीतिमा तात्विक परिवर्तनका लागि निरन्तर लागेका निष्ठावान पार्टीका संगठित सदस्यहरूले कम्युनिस्ट शीर्षस्थ नेताहरूकाे विचलन, पदकाे भागवण्डामा आफुलाई केन्द्रीत गरेर परस्परमा देखाएका शत्रुतापूर्ण व्यवहार,आम जनमानसमा भ्रम सृजना गर्ने अभिव्यक्ति,अशिष्ट र अमर्यादित भाषा,उनीहरुकाे अराजनीतिक व्यवहारलाई समीक्षाकाे बिषय बनाउन आवश्यकछ ।

यस क्षेत्रमा एमाले सम्बद्भ बुद्धिजीवीकाे सकारात्मक भूमिका अपेक्षित छ।साथै नेपाल कम्युनिष्ट पार्टी एमाले पुनःस्थापना भए पछि शीर्षस्थ नेताहरु बीचकाे अन्तरविरोधलाई सहज ढंगले हल गर्दै पार्टीलाई बलियाे बनाउन आवश्यक पर्दा पार्टीका सबै तहका नेता तथा कार्यकर्ताले दबाब समेत सृजना गर्ने काममा जुटनै पर्छ।


नेकपा एमाले कै विभाजन नहाेस् भनेर नवाै महाधिवेशनले दिएकाे म्यान्डेट अनसार सबै एकजुट हुन आवश्यकछ ।आफ्नाे पार्टीको नेतृत्वकाे सरकारलाई बलियाे बनाउदै सरकारले गरेका नेपाली जनताको स्वाभिमान बढाउने कामलाई अनावश्यक तिक्तता बाेकेका नेताहरूले समेत आफुलाई सहज वनाउदै सकारात्मक कामहरुकाे स्वमित्व लिदै प्रवृत्तिगत कमजाेरी त्याग्न प्रयास गर्न जरूरीछ।पार्टी अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी ओली सहित विगतकाे राजनीतिक जटिलताले एक ठाउमा उभिनु भएका नेताहरु पनि फराकिलो मन राखेर दुवै समुहलाई एकजुट गर्दै पार्टी संगठन सुदृढीकरणमा लाग्नु पर्दछ।

विद्यमान शत्रुतापूर्ण अन्तरविराेधलाई मित्रतापूर्ण अन्तरविरोधमा रूपान्तरण गर्दै अन्तरविराेध हटाउदै गुटगत अस्वस्थ गतिविधिलाई परास्त गर्न सबै एकजुट हुनुपर्छ ।कार्यकर्ताले सस्वस्थ्य आलाेचना सहित खबरदारी गर्दै गर्नुपर्छ । विगतका व्यवहारसंग गांसिएर एक अर्का प्रति प्रतिशाेध पूर्ण व्यहार गर्न हुंदैन । अब घाेचपेच छाेडाै।