काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। आज बिहन ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्न लागेको हो।
स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो राजनीति घटनाक्रम र भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिने जानकारी दिए। आजको स्थायी कमिटी बैठकले माओवादी केन्द्रमा नफर्किएका नेता कार्यकर्ताको बारेमा पनि आवश्यक निर्णय लिने बताइएको छ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकलौटी केन्द्रीय कमिटी बैठक बसेर माओवादी केन्द्रका नेताहरूलाई एमालेको केन्द्रीय सदस्य नियुक्त गर्दै जिम्मेवारी दिइसकेका छन्।
सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामा फर्किएको माओवादी केन्द्रले भोलि आइतबार पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाएको छ। त्यस्तै सोमबार राष्ट्रिय भेलाको आयोजना गरिएको छ।लोकपाटी बाट




















