काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहको केन्द्रीय सदस्य बनेका माओवादीका प्रदेशसभा फेरि माओवादी केन्द्रमै फर्किएका छन्। सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट नेकपा माओवादी केन्द्रमै फर्किएका हुन।
दुई दिनअघिमात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट ४८ घण्टामै फेरि माओवादी केन्द्रमै फर्किएका हुन्। आइतबार सांसद विष्ट र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएपछि उनी माओवादीमै फर्किएको बताइएको छ।
विष्ट गत असोज २५ गते मुख्यमन्त्री महेन्द्र शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक हुन्। उनले केही समयपछि उक्त हस्ताक्षर फिर्ता लिएको सामाजिक सञ्जालमा लेखेका थिए।लोकपाटी बाट




















