काठमाडौं,२ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २८ फागुनको निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताएका छन् ।

एमाले शीर्ष नेताहरुबीच सोमबार भएको वार्तामा नेपाल पक्षले अध्यक्ष ओलीले २८ फागुनमा गरेको एकलौटी निर्णय मान्य नहुने बताएको थियो ।

बैठकपछि नेता नेपालले भने, ‘अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, संरचना, पदाधिकारी र सदस्यका हिसाबले, त्यो ठाउँमा फर्कौं । २८ गतेको बैठक वैधानिक छैन, त्यसलाई शून्य स्थितिमा पुर्‍याउँ ।’ तर अध्यक्ष ओली त्यसमा सहमत नभएको उनले बताए ।