सुर्खेत,४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुको कार्मारोङ गाउँपालिका–८ की बालिका ठिल्ले साङमु लामा आफ्नै स्कुले साथीभाइबाट हेपिन पुगेकी छन् ।


प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरे पनि पढाइ खर्च, गाँस, बास, कपास उपलब्ध नगराउँदा प्रधामन्त्रीकै छोरी भनेर ठिल्लेलाई आफन्तले नै गिज्याउन थालेका छन् ।

लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छन् । उनी तीक्ष्ण भए पनि पठनपाठनमा आवश्यक कापी, कलम, डे«स नहुँदा पढ्न कहिलेकाहीँ मात्रै आउने गरेको विद्यालयले जनाएको छ ।

कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगेर लामाको अभिभावकत्व ग्रहण गरेका थिए । अभिभावकत्व ग्रहण गरेको दुई वर्ष बितिसक्दा पनि उनले ठिल्लेलाई अध्ययनका लागि आवश्यक पर्ने खर्च उपलब्ध गराएका छैनन् ।लेखाजोखा न्युजबाट