काठमाडौं,१० चैत्र । नेकपा (एमाले)मा उद्योगपति राजेशकुमार अग्रवाल प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरे ।
प्रधानमन्त्रीले स्वागतपश्चात् पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे । भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धकसमेत हुन् ।




















