काठमाण्डौं। गृहमन्त्री रामबहादुर थापा (बादल) को अहिले चौतर्फी आलोचना गरिएको छ। कैलाली घटनाका दोषी रेशम चौधरिको रिहाईको माग गर्दै थारुहट-थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापा सडकमा बसी गरेको भाषणले उनको आलोचना गरिएको हो।

गृह मन्त्री थापाले बिहीबार माईतिघर मण्डलामा भएको उक्त कार्यक्रममा आफ्नो एक्यवद्धता जनाउन सडकमा बसेर रिहाइको माग गरेका थिए। सो कार्यक्रममा उनले आन्दोलनकारीको १९ बुँदे समस्या र माग बारेमा सरकारको ध्यान गएको बताएका थिए।

उनले भने, सरकारको तर्फबाट म यहाँ उपस्थित भएको छु। तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै बार्ता टोली गठन गर्छ। तपाईंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस्। हामी छिट्टै वार्ता टोली गठन गर्छौं। वार्ता र संवादबाट यसलाई हल गरौँ।

देशकै उच्च पद मध्य एक गृहमन्त्री नै रेशम चौधरिको रिहाईको माग गर्दै सडकमा आउनु नेपाली जनताको लागि यो भन्दा ठुलो मजाक अरु के हुन सक्छ? बरिष्ट अधिवक्ता दिनेश त्रिपाठीले भनेका छन्। देशमा कानुन छ, सर्वोच्च अदालत छ, अदालतले गरेको निर्णय नै सबैका लागि मान्य हुन्छ। सामाजिक सञ्जालमा गृहमन्त्री थापाको सडकमा बसेर माईक समातेको फोटो राखेर निकै आलोचनात्मक टिप्पणीहरु गरिएको छ। देश दैनिकबाट