काठमाडौं। नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा माओवादी केन्द्रसँगको एकता असफल भए पनि त्यसले एउटा फाइदा गरेको बताएका छन्। माओवादीसँगको एकताले वाम आन्दोलनको ध्रुवीकरणको आधार तयार भएको उनको भनाइ छ।

अहिले वामपन्थी शक्तिसँग एकताको पक्षमा काम भइरहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलको भनाई छ। ओलीले वामपन्थी शक्तिसँग एकताको प्रयास जारी राखेको उनको संकेत छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा (माओवादी केन्द्र) सँगको एकता असफल भए पनि उक्त एकताले वाम आन्दोलनको ध्रुवीकरणको आधार तयार भएको छ। हामी अहिले त्यो काम गर्दै छौं।’

sp-1