वालुवाटारका अस्थायी वासिन्दा रहनु भएका सम्माननीय प्रधानमन्त्री एवं एमालेको अध्यक्ष रहनु भएका गुटका नेता केपी ओलीले नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री सहित नेकपा एमाले उपाध्यक्ष एवं लोकप्रिय नेता भिम रावल समेतलाइ निलम्बन गर्नु भएछ ।
एकल निर्णयको आधारमा पार्टी चलाउन खोज्दै आफुलाइ छोटे महाराज ठान्ने केपी ओली अनि नाङ्गा राजालाइ “ वाह क्या सुन्दर छ माहाराजको पहिरण” भन्ने शैलीका वहाँका दासहरुले माधव नेपालहरुको निलम्बनमा जस्तोसुकै खुसियाली मनाए पनि अन्तिममा नेकपा एमालेको सिंगो पंक्तिले यस गुटगत अधिनायवादलाइ समाप्त पार्नेछ ।
उनीहरुलाइ हेक्का नभए पनि साँचो एमालेलाइ थाहा छ कि माधव नेपाललाइ कुनै अतिवादि आक्रमणले कम्जोर पार्न सक्दैन । बालुवाटार बस्ने छोटे महाराजले बुझे हुन्छ कि माधव नेपाल नेकपा एमालेका असली कार्यकर्ताहरुको बलमा आफुलाइ विष्णुको अवतार ठान्ने बढे महाराजलाइ पनि ठेगान लगाउन सक्ने नेता हुन । छोटे राजाहरुको राज धेरै दिन टिक्ने छैन ।




















