रुपन्देही,२१ चैत्र । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले चलाएको राष्ट्रिय एकता अभियानले रुपन्देही जिल्लामा कमिटी गठन गरेको छ। शनिबार भएको कार्यक्रमले ७१ जनाको कमिटी गठन गरेको हो।
एकता अभियानको जिल्ला इन्चार्जमा महेन्द्र अर्याल, सह-इन्चार्जमा डिल्लीराज भट्टराई, संयोजक पशुपति पौडेल, सहसंयोजक राधेश्याम गुप्ता, सचिव भोजबहादुर खड्का चयन गरेको छ। युवा इन्चार्ज रामराजा तिवारी, संयोजक कृष्ण बस्नेत, महिला इन्चार्ज विनया खड्का संयोजक मञ्जु पौडेल चयन भएका छन्।
यस्तै, निर्वाचन १ इन्चार्जमा गोविन्द गैरे, २ मा प्रेम शर्मा काफ्ले, ३ मा राधेश्याम गुप्ता, ४ मा सन्तकुमार यादव र ५ मा लक्ष्मण खड्का रहेका छन्। भेलालाई एकता अभियानको केन्द्रीय सचिव बाबुराम थापाले सम्बोधन गर्नुभएको थियो ।





















