काठमाडाैं, २२ चैत । जसपा नेपालको समर्थन हासिल गरेको अवस्थामा ओली नेतृत्वकै सरकारको स्थायित्व सुनिश्चित देखिन्छ । एमाले र जसपा नेपालबीच सत्ता साझेदारी भए संसदीय अंकगणितमा सहजै बहुमत जुट्ने देखिन्छ ।

यस अतिरिक्त एमाले नेतृत्वकै सरकार रहेको लुम्बिनी प्रदेशमा पनि जसपा नेपालसँगको सहकार्यबाट प्रदेश सरकारले स्थायित्व पाउन सक्छ । लुम्बिनी प्रदेशसभामा कुल ८७ सांसदमध्ये एमालेसँग ४१ सांसद छन् । सो प्रदेशमा ६ सीट रहेको जसपा नेपालले एमालेलाई साथ दिएको अवस्थामा प्रदेश सरकार टिकाउनका लागि आवश्यक बहुमत अर्थात् ४४ को आँकडा पार हुन सक्छ ।

अर्कोतिर सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विस्थापित गरी एमालेको नेतृत्वमा सरकार बनाउनका लागि पनि एमाले र जसपा नेपालबीचको गठबन्धनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।