काठमाडौं, २४ चैत्र । नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) निर्वाचनमा एक भएर जाने विषयमा भएको छलफलमा कुरा नमिल्दा चुनावी एकता हुन नसकेको हो । दुवै पक्षमा अध्यक्षमा आ–आफ्नो दाबी गरेपछि सहमति हुन नसकेको पेपानका नेता ई. नन्द बञ्जाडेले जानकारी दिए ।
उनकाअनुसार पूर्व एमाले भने एकजुट भएर चुनावमा जाने भएको छ । जसअनुसार केपी शर्मा ओली पक्षबाट अध्यक्षमा ई. सुरज लामिछाने र माधव कुमार नेपाल पक्षबाट महासचिवमा ई. विरोध रिजाल उठ्ने भएका छन् । पेपान अहिले अन्य उम्मेदवारको टुंगो लगाउँदै छ । उम्मेदवारी दर्ता गर्ने समय सोमबार साँझ ५ बजेसम्म मात्र रहेको छ ।
बञ्जाडेका अनुसार उम्मेदवारी फिर्ता लिने समय अझै ३ दिन बाँकी हुन्छ । सो समयसम्म निओनले अध्यक्ष स्वीकारेर आएमा वाम एकताका लागि नेपाल पक्ष महासचिव त्याँग्न तयार हुनेछ ।
नेईएको ३२ औँ कार्य समिति, प्रदेश समिति र नेईएबाट नेपाल इन्जिनियरिङ काउन्सिलमा प्रतिनिधित्व गर्ने ५ सदस्यहरुका लागि बैशाख २४ मा निर्वाचन हुँदैछ ।
पत्रकार महासंघको निर्वाचनमा ओली र नेपाल पक्ष अलग भएका थिए । पार्टीको एकता जोगाउन इन्जिनियरिङ संगठनबाट राम्रो सन्देश जाओस् भनेर आफूहरु एक भएको इन्जिनियर नेताहरु बताउँछन् । इन्जिनियर्स पोस्टबाट




















