जाजरकोट,५ बैशाख । नलगाड नगरपालिका जाजरकोटमा नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्य सहित सक्रिय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । नगरपालिकाको ४ नम्बर वडाको लहँ खालचौरमा आज भएको कार्यक्रममा नेपाली कांग्रेसमा लामो समय सम्म रहेका शहिद परिवार तथा जिल्ला पार्टी सदस्य टिकाराम रावल माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
काँग्रेस जाजरकोट जिल्ला कमिटी सदस्य रावलसँगै माओवादी केन्द्रमा प्रवेश गर्ने अन्यमा वडा पार्टी सदस्य केदार बहादुर रावल, जयबहादुर सार्की, ललित बहादुर रावल, बलबहादुर सार्की, प्रेमबहादुर रावल, हासिमाया कामी लगायत रहेका छन । नलगाड नगरपालिकामा माओवादी केन्द्रको वडा स्तरीय भेला तथा प्रशिक्षण १३ वटै वडामा तिब्ररुपले संचालन भईरहेका बेला प्रवेशको लहर चलेको हो ।
लहँ खालचौरमा भएको कार्यक्रममा प्रमुख अथिति माओवादी केन्द्रका सल्लाहकार सदस्य मन बहादुर रावल र बिषेश अतिथि कर्णाली प्रदेश कमिटी सदस्य तथा नगर प्रमुख टेकबहादुर रावल (दर्शन ) रहेका थिए । अन्य अतिथिहरुमा प्रदेश सदस्य डम्बर बहादुर रावत, पुर्णबहादुर रावल, जिल्ला सदस्य राममाया हमाल, अमृत ओली, सुरेन्द्र चन्द, लोकेन्द्र बिक्रम शाही, गुमान रावल, वडाध्यक्ष लक्ष्मी रावल, नगर कमिटी सदस्य गोकर्ण बहादुर चन्द लगायत रहेका थिए ।
यसैगरी कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख टेक बहादुर रावल दर्शनले अब सबैले सबैको एउटै पार्टी माओवादी केन्द्र बनाएर जाने र त्यो अभियान लहंबाटै सुरु गरिएको समेत बताए । लहँलाई परिवर्तनको नयाँ थबागं बनाउने सकल्प समेत नगर प्रमुख रावलले गरे । नगर प्रमुख रावलले जनहातेमालो गरेर जनतासामु जान सबै पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए ।
जिल्ला समन्वय समिति प्रमुख मन बहादुर रावल बिजयले नलगाड नगरपालिकाको ४ नम्बर वडा माओवादी केन्द्रको क्याम्प भएको र यो क्याम्पले सिंगो मानवजाती परिवर्तन र रुपान्तरणको महाअभियानमा सबैलाई लाम्बन्धि हुन सन्देश प्रबाह गरेको बताए । वडा पार्टी सचिव लक्ष्मी रावलले संचालन गरेको कार्यक्रममा नरबहादुर चन्दले अध्यक्षता गरेका थिए ।सुदर्शन खबरबाट




















