बुटवल,६ बैशाख ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सोमबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। भावी मुख्यमन्त्रीमा नेकपा माओवादीका केन्द्रीय सदस्य कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।

नेपालको संविधानको धारा ८८ को उपधारा(४) र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४४ को उपनियम(१) बमोजिम तीन दलले अविश्वास प्रश्‍ताव दर्ता गरेका हुन्। अविस्वासको प्रस्तावका साथ संवधानको धारा ८८ को उपधारा(५) बमोजिम मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको नेपाली कांग्रेस लुम्‍बिनी संसदीय दलका नेता फकरुध्दिन खानले जानकारी दिए। अविश्वास प्रस्तावमा ४१ जना सांसदले हस्‍ताक्षर गरेका छन्।

नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाको हस्ताक्षरमा प्रस्ताव दर्ता गरिएको कांग्रेसका मुख्य सचेतक फकरुद्धिन खानले बताए। ८७ सदस्यीय प्रदेशसभ सदस्य मध्ये माओवादी केन्द्रका २ जना कारबाहीमा परेका छन्। सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन्।

Bagmati1-1 Bagmati2-1 Bagmati3-1 Bagmati4-1